तोलामा १२ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।

बुधबार तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला १२ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ११ हजार २ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Share News