बढ्यो सुनचाँदीको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो । मंगलबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको भाउ आज प्रतितोला २५० रुपैयाँले बढेर तोलामा १ लाख ९ हजार ७५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share News