वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टीम घोषणा

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो टीम घोषणा गरेको छ । श्रेष्ठको टीममा जिल्लानगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ भरतराज आचार्य र वस्तुगततर्फका उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् । वस्तुगततर्फका उपाध्यक्ष ढकालका र उनका टीम १४ जना रहेका छन् । वस्तुगत समूहबाट उपाध्यक्षसहित १४ जना कार्यकारिणी सदस्य [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो टीम घोषणा गरेको छ ।

श्रेष्ठको टीममा जिल्लानगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ भरतराज आचार्य र वस्तुगततर्फका उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् ।

वस्तुगततर्फका उपाध्यक्ष ढकालका र उनका टीम १४ जना रहेका छन् । वस्तुगत समूहबाट उपाध्यक्षसहित १४ जना कार्यकारिणी सदस्य निर्वाचित हुन् व्यवस्था छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् ।

साथै, महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।

Share News