
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रिले बुझाएको तीन मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन् । शनिबार तीन मन्त्रीले राजीनामा बुझाएपछि उनले उक्त मन्त्रालय आफैंले राखेका हुन् ।
राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रचण्डले लिएका हुन ।
शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले शनिबार राजीनामा बुझाएका थिए ।