रविन्द्र मिश्रले चन्दा उठाएर चुनावमा गरे साढे २४ लाख खर्च

<p>काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधी सभा तथा प्रदेश सभामा आफुले साढे २४ लाख खर्च गरेको बताएका छन् । मंगलबार सूचना जारी गर्दै मिश्रले चुनावमा साढे २४ लाख खर्च भएको जानकारी दिएका हुन् । उनले मंगलबार आफ्नो चुनाव खर्च विवरण निर्वाचन आयोगमा बुझाएको बताएका छन् । &#8216;हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधी सभा तथा प्रदेश सभामा आफुले साढे २४ लाख खर्च गरेको बताएका छन् । मंगलबार सूचना जारी गर्दै मिश्रले चुनावमा साढे २४ लाख खर्च भएको जानकारी दिएका हुन् ।

उनले मंगलबार आफ्नो चुनाव खर्च विवरण निर्वाचन आयोगमा बुझाएको बताएका छन् । ‘हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु,’ उनले लेखेका छन् ।

उनले सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा २१ लाख ५० हजार खर्च गरेको र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम पार्टीलाई बुझाएको पनि बताएका छन् ।

पहिलेजस्तै यस पटक पनि उनले निर्वाचन लड्न आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेका थिए । निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाख सहयोग प्राप्त भएपछि उनले थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिए ।

थप सहयोग नगर्न भनेपछि मिश्रको खातामा ३३ लाख रुपैयाँ जम्मा भएको थियो । मिश्रले बाँकी रहेको रकम ८ लाख ५० हजार ‘काठमाडौं क्षेत्र नं १ सरोकार कोष’मा जाने बताएका छन् ।

तर पनि  त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ । उनले निर्वाचन हारे लगत्तै उनका पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर २५ लाखको ‘सीड मनि’ बाट ‘काठमाडौं क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका थिए ।

Share News