शिवम् सिमेन्ट किन्दा पाइन्छ टन्न उपहार, सुनको सिक्रीदेखि थाइल्यान्ड भ्रमणसम्म

<p>काठमाडौं ।  शिवम् सिमेन्टले &#8216;शिवम्सँग उपहार टन्न&#8217; नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् जसमा ५०० रुपैयाँसम्मको नगद, १५ ग्राम चाँदीको सिक्का, २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का र सुनको सिक्री मध्ये कुनै एक जित्न सक्नेछन् । यस्तै, [&hellip;]</p>

काठमाडौं ।  शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् जसमा ५०० रुपैयाँसम्मको नगद, १५ ग्राम चाँदीको सिक्का, २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का र सुनको सिक्री मध्ये कुनै एक जित्न सक्नेछन् ।

यस्तै, सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउनेछन् ।

हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडीले थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेताले हेलिटुर, तेस्रो पुरस्कार ६ जनाले आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनाले हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्न सक्नेछन् ।

कम्पनीको अनुसार अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेस हुनेछन् । मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुने कम्पनीले बताएको छ ।

मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन् । कम्पनीको अनुसार लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नुपर्ने छ ।

कम्पनीको अनुसार यो उपहार योजना मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ ।

Share News