
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।
शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएको छ । अहिले शिक्षण अस्पतालमा राष्ट्रपति भण्डारीको स्वास्थ्य परीक्षण भइरहेको छ ।