आइएमई ट्रान्सफरबाट साढे ११ लाख नगद र सुन लुटियो, व्यापक प्रहरी परिचालन

<p>ताप्लेजुङ।  ताप्लेजुङको एक मनिट्रान्सफरबाट साढे ११ लाख रुपैयाँ नगद सहित सुनका गरगहना लुटएको छ । जिल्लाका विरेन्द्रचौकमा रहेको कञ्चन आइएमई मनिट्रान्सफरबाट ११ लाख ५५ हजार ८ सय रुपैयाँ नगद र सुनकाम गरगहना लुटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । जिल्ला प्रहरी कार्यालयबाट करिब एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठको कञ्चन आइएमईबाट आज बिहान [&hellip;]</p>

ताप्लेजुङ।  ताप्लेजुङको एक मनिट्रान्सफरबाट साढे ११ लाख रुपैयाँ नगद सहित सुनका गरगहना लुटएको छ । जिल्लाका विरेन्द्रचौकमा रहेको कञ्चन आइएमई मनिट्रान्सफरबाट ११ लाख ५५ हजार ८ सय रुपैयाँ नगद र सुनकाम गरगहना लुटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट करिब एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठको कञ्चन आइएमईबाट आज बिहान ९ बजेर २० मिनेट सो रकम लुटिएको हो । सुन कति थियो भन्ने विषय अहिलेसम्म खुलेको छैन ।

आइएमईका स्टाफ आशामाया प्रधानलाई हिजो देखि नै मेरो आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा नम्बरबाट फोन आइरहेको थियो। आज बिहान पनि करिब ९ बजेर १८ मिनेट जाँदा फोन आएको थियो। फोन आएलगत्तै फेसमाक्स लगाएका ४ जना युवाहरु आइएमईमा छिरेका थिए ।

अहिले लुटेराहरुको खाजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

Share News