काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं-१ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन् । मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
मिश्र २०७४ सालको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका उनी ८१९ मतले पराजित भएका थिए ।
मिश्रले १० हजार १ सय १८ मत पाउँदा सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए ।