आँखुखोला जलविद्युत कम्पनीले एक वर्षमा कमायो २२ करोड बढी

<p>काठमाडौं । आँखु खोला जलविद्युत कम्पनीले एक वर्षमा २२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०२२ मा सो आम्दानी गरेको हो । २०२० मा कम्पनीले १९ करोड ४० लाख आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी १४.९४ प्रतिशतले बढी हो । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालीकामा विद्युत उत्पादन केन्द्र [&hellip;]</p>

काठमाडौं । आँखु खोला जलविद्युत कम्पनीले एक वर्षमा २२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०२२ मा सो आम्दानी गरेको हो । २०२० मा कम्पनीले १९ करोड ४० लाख आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी १४.९४ प्रतिशतले बढी हो ।

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालीकामा विद्युत उत्पादन केन्द्र रहेको यस कम्पनीको रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा रहेको छ । कम्पनीले आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ ।

आयोजनाको कूल लागत २४२.७३ करोड रहेको थियो । जसको प्रतिमेगावाट लागत २८.८९ करोड रहेको छ । कम्पनी दोस्रो बजारमा पनि सूचिकृत छ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले जलविद्युत उत्पादन गरि थोक तथा खुद्रा बिक्री गर्ने तथा विद्युत प्सारण लाइन, वितरण, सव स्टेशन निमार्ण तथा सञ्चालन गर्ने, विद्युत उत्पादनका लागि आवश्यक सामाग्रीको आयात निर्यात गर्नेसम्मको उदेश्य राखेको छ । कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ कर्जा लिनका लागि रेटिङ गराएको छ । कम्पनीले ए ४ को रेटिङ पाएको छ । कम्पनीको अध्यक्ष राम श्रेष्ठ हुन् भने उत्सब बराल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

Share News