बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइयो : उपमेयर डंगोल

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनित डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताएकी छिन् । मंगलबार दशैँ लक्षित बजार अनुगमनमा निस्किएकी डंगोलले यस्तो बताएकी हुन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताइन् । &#8216;कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा छैन । सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानूनी कारबाही [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनित डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताएकी छिन् । मंगलबार दशैँ लक्षित बजार अनुगमनमा निस्किएकी डंगोलले यस्तो बताएकी हुन् ।

उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताइन् । ‘कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा छैन । सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानूनी कारबाही गर्नेछौँ, बेच्ने मान्छे मात्र नभइ किन्ने मान्छे पनि खाद्य र अखाद्यको पहिचान गर्न नसकेको हामीले पायौँ,’ उनले भनिन् ।

कारबाही भन्दा पनि सचेतना जगाउनका लागि अनुगमन गरेको बताइन् । उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिने बताउँदै बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने बताइन् ।

उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।

Share News