राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दै ढकाल

<p>काठमाडौं । लगानीकर्ता हरि ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । ढकाललाई चितवन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार चुनेको हो । आगागी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लगानीकर्ता हरि ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको उनले बताए [&hellip;]</p>

काठमाडौं । लगानीकर्ता हरि ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । ढकाललाई चितवन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार चुनेको हो ।

आगागी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लगानीकर्ता हरि ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको उनले बताए । यसअघि स्वतन्त्रबाट उम्मेदवारी दिने भनेपनि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले उम्मेदवारी दिने भएका हुन् ।

सेयर बजारका लगानीकर्ता समेत रहेका हरि ढकालले सबैभन्दा पहिला प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका थिए । चितवन क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरिसकेका अहिले उनी चुनावी तयारीमै व्यस्त छन् । नेपाली पुँजी बजारको सुधारका लागि पनि लामो समयदेखि संघर्ष गर्दै आएका ढकाल अर्थतन्त्रका महत्वपूर्ण एजेण्डाहरु लिएर चुनावमा भाग लिँदैछन् ।

भारी मतान्तरले विजयी हुन्छु, अबको राजनीति उद्यमशिलतासहितको हुनु पर्छ : हरि ढकाल

Share News