ओली रेलमा चढ्ने भएपछि एक घण्टा ढिलो गरी चल्यो

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकौरिया चोकमा हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरबाट रेल चढेर गएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा पुगेका उनी तीनकौरिया चोकमा पुग्नको लागि जनकपुरधाममा रहेको रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका हुन् । ओली रेलमा चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर जनकपुरबाट [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकौरिया चोकमा हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरबाट रेल चढेर गएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा पुगेका उनी तीनकौरिया चोकमा पुग्नको लागि जनकपुरधाममा रहेको रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका हुन् ।

ओली रेलमा चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर जनकपुरबाट रेल गुडेको छ । जनकपुरधामबाट जयनगरका लागि सधै बिहान ११ बजे रेल गुड्ने गरेकोमा ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो दिउँसो १२ बजे मात्रै रेल गुडेको हो ।
रेल सेवा शुरू भएयता अहिलेसम्म ढिलो भएको थिएन ।

Share News