कर्मचारीहरुको बोनस खोसेर जनतालाई दिँदैनौं, सबैलाई १० प्रतिशत दिन्छौं : मन्त्री भुसाल

<p>काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणका कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छिन् । शुक्रवार नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरुले कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने संकिर्ण सोच नराख्न आग्रह गरेकी हुन् । उनले बोनसको विषयमा फरक रुपमा [&hellip;]</p>

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणका कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छिन् ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरुले कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने संकिर्ण सोच नराख्न आग्रह गरेकी हुन् ।

उनले बोनसको विषयमा फरक रुपमा राजनीतिकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिइन् । मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदा समेत ऋण गरेर भएपनि कर्मचारीहरुलाई तलव खुवाएकाले नाफामा जाँदा तलव नदिने विषय नभएको बताइन् । सरकारले अझै ७ लाख जनतालाई विद्युत पुर्याउनुपर्ने अवस्था रहेको बताउँदै उनले प्राधिकरणका स्थायी र अस्थायी सबै कर्मचारीहरुले १० प्रतिशत बोनस नै पाउने बताइन् ।

मन्त्री भुसालले प्राधिकरणमा काम गर्ने सबै कर्मचारी भएकोले सबैले सम्मान बोनस दिने बताइन् । उनले सरकारले कर्मचारीहरुको १५ प्रतिशत तलब बढाए पनि मन्त्रीहरुको तलब नबढाएको समेत उल्लेख गरिन् । मन्त्री भुसालले विद्युत प्राधिकरणलाई १६ अर्बको नभएर १६ खर्ब नाफा गर्ने संस्थामा बदल्नुपर्ने बताइन् । साथै, उनले प्राधिकरणले १६ खर्बको नाफा गर्दा कर्मचारीहरुले अहिले पाएको भन्दा १६ गुणा बढी सेवा सुविधा बढ्ने बताइन् ।

प्राधिकरणमा पाँच जना युनियनको नेता नभएर एकजना भए पुग्ने बताउँदै उनले प्राधिकरणमा आधिकारी रुपमा एउटा युनियन बनाउन आग्रह गरिन् । साथै, कार्यालय समयमा प्राधिकरणमा कुनै राजनीतिक नभएर संस्थाको वृद्धि विकासमा काम गर्न समेत उनले निर्देशन दिइन् ।

Share News