फेरी बढ्यो डलरको भाउ

<p>काठमाडौं । डलरको मूल्य निरन्त बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार डलरको भाउ निरन्तर बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ। अब नेपालमा १ डलर साट्नको लागि १२९ रुपैयाँ ६८ पैसा खर्च गर्नु पर्नेछ । अघिल्लो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा [&hellip;]</p>

काठमाडौं । डलरको मूल्य निरन्त बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार डलरको भाउ निरन्तर बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ। अब नेपालमा १ डलर साट्नको लागि १२९ रुपैयाँ ६८ पैसा खर्च गर्नु पर्नेछ ।

अघिल्लो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको थियो । आज एकैदिन डलरको भाउ झण्डै साढे १ रुपैयाँले बढेकाे छ।

यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा थियो। अहिले डलरको भाउ  पुनः सो विन्दु भन्दा माथि पुगेको छ । यसले डलरको भाउ उच्च बिन्दुमा पुगेकाे देखिन्छ ।

अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरीका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको हो । पछिल्लो समय भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ ।डलरको भाउ महंगो भएमा निकासीकर्ता, पर्यटन क्षेत्र र रेमिट्यान्स रकम पठाउनेलाई फाइदा हुन्छ ।

Share News