समीट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । समीट लघुवित्तले संस्थापक सेयरधनीहरूको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । कम्पनीको अनुसार यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । समीट लघुवित्तले संस्थापक सेयरधनीहरूको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ ।

कम्पनीको अनुसार यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने जनाएको  छ ।

Share News