‘बैंकहरुले धम्कीपूर्ण किसिमले ब्याज बढाए, अर्थ मन्त्रालय र राष्ट्र बैंकको इन्टरभेन्सन आवश्यक छ’

<p>काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याजदर बढाएको बताएका छन् । बिहीबार काठमाडौंमा सुरु भएको नाडा इभी अटो शोमा बोल्दै उनले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याज बढाएको बताएका हुन् । उनले बैंकहरुको यो निर्णयामा अर्थमन्त्रालय र राष्ट्र बैंकले इन्टरभेन्सन गर्नु पर्ने धारणा राखेका छन् । अहिलेको बेथिति भर्खरै समाधान हुन सम्भव [&hellip;]</p>

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याजदर बढाएको बताएका छन् । बिहीबार काठमाडौंमा सुरु भएको नाडा इभी अटो शोमा बोल्दै उनले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याज बढाएको बताएका हुन् ।

उनले बैंकहरुको यो निर्णयामा अर्थमन्त्रालय र राष्ट्र बैंकले इन्टरभेन्सन गर्नु पर्ने धारणा राखेका छन् । अहिलेको बेथिति भर्खरै समाधान हुन सम्भव नभएको बताउँदै यसलाई समय दिएर अगाडि बढ्नु पर्ने बताए ।

यस्तै, उनले आयातमा गरिएको कडाइले अर्थतन्त्रमा ठूलो समस्या पर्ने बताए । ‘अब शोधानान्तर सुधार आउन थालेको छ अब अर्थतन्त्रलाई जोगाउन पनि आयातलाई खोल्नुपर्छ, अब अर्थमन्त्रालयले दशं सँगै पोजेटिभ मेसेज देओस्,’ उनले भने ।

कार्यक्रममा उनले यो संकट धेरै समय नजाने धारणा राखे । ‘सिमेन्टको निकास हुन थालेको छ, यसको लागि अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु, बिदेशी लगानी पनि बढेको जस्तो देखिएको छ, यी सबै कुराहरुले समस्या धेरै समय रहंदैन,’ उनले भने । अर्थतन्त्र अहिले सबैको लागि चिन्ताको बिषय बनेको बताउँदै अहिले आएको चुनौति गम्भीर किसिमको भएको बताए ।

यस्तै, उनले अर्थतन्त्रका लागि ईभी शो राम्रो भएको बताए । सरकारले लिएको नितिसहि भएको बताउँदै सरकारले ईभी मा दिएको भन्सारका कारण सबैले २५÷३० लाखमा पनि गाडी चढ्न पाउने अबस्था भएको धारणा राखे ।

Share News