गभर्नरले अर्थमन्त्रीलाई पढाए, सम्बन्ध सुध्रिएको हो ? (भिडियोसहित)

<p>काठमाडौं । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो ४९औं वार्षिकोत्सब कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु अतिथिको रुपमा आमन्त्रित थिए भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विशिष्ट अथिति र अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख अतिथिको रुपमा निमन्त्रण गरिएको थियो । कोषले औपचारिक कार्यक्रमको सुरुवात बिहान १० बजेका लागि तय [&hellip;]</p>

काठमाडौं । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो ४९औं वार्षिकोत्सब कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु अतिथिको रुपमा आमन्त्रित थिए भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विशिष्ट अथिति र अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख अतिथिको रुपमा निमन्त्रण गरिएको थियो ।

कोषले औपचारिक कार्यक्रमको सुरुवात बिहान १० बजेका लागि तय गरेको थियो । तर, १० बजेसम्म कार्यक्रममा आयोजक र केही सीमित मानिसहरु मात्रै उपस्थित थिए ।
१० बजे तय गरेको कार्यक्रममा साढे १० बजे आइपुगे विशिष्ट अतिथि रहेका नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी । आयोजकले केही समय प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री शर्मालाई कुर्यो । तर, पौने ११ बजेसम्म शर्मा नआएपछि औपचारिक कार्यक्रम अगाडि बढाइयो ।

कार्यक्रममा हस्याङफस्याङ तथा हतारिएको भान दिलाउँदै अर्थमन्त्री शर्मा आइपुगे । स्टेजमा तीन वटा सोफा राखिएका थिए । दायाँ तर्फको सोफामा गभर्नर अधिकारी बसेका थिए भने बायाँतर्फको सोफामा कोषका अध्यक्ष तथा राजश्व सचिव रामेश्वर दंगाल थिए ।

शर्मा मञ्चमा उक्लिने बित्तिकै गभर्नर अधिकारीले मुस्कुराउँदै नमस्कार गरे । शर्माले पनि नमस्कार फर्काए । बिचमा रहेको खालि सोफामा बस्ने बित्तिकै हतारिँदै इशारा गर्दै शर्माले गभर्नर अधिकारीलाई आफु बसेकै सोफामा आउन आग्रह गरे । गभर्नर अधिकारी पनि सोही सोफामा आएर बसे । अर्थमन्त्री शर्माले अगाडि टेबलमा रहेको पेपर समात्दै नोट गर्न थाले । उनीहरुले एउटै साेफामा बसेर केही कुरा गरे । पछि गभर्नर आफ्नै सोफामा गएर शर्मालाई उनले सोधेको प्रश्नको उत्तर दिन थाले ।

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको खासखुस निरन्तर चलिरह्याे । गभर्नर अधिकारीले उनलाई जवाफ दिएको कुरा उनी हतारिँदै नोट गरिरहेका थिए । उनीहरुको वार्तालाप हेर्दा र शर्माले नोट गरेको देखदा उनले कोषको विषय र कार्यक्रममा राख्नु पर्ने धारणाको विषयमा जानकारी लिएको बुझ्न सकिन्छ ।

कार्यक्रमको सुरुमा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले कोषले गरेका र गर्दै आएका कामकारवाहीको विषयमा प्रकाश पारे । उनी बोले लगत्तै कार्यक्रमकी सञ्चालिकाले प्रमुख अतिथि रहेका शर्मालाई हतार भएकोले धारणा राख्न आव्हान गरिन् । उनले करिब १४ मिनेटको वक्तव्य राखे ।

कार्यक्रममा उनले कोषले केही काम गर्दै आएको भएपनि त्यति मात्रै प्रयाप्त भने नभएको बताए । कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाले उत्पादनशिल क्षेत्र र कृषिमा गरेको लगानीसँगै विद्यमान तरलताको विषयमा पनि बोल्न भ्याए ।

उनले गभर्नर अधिकारीलाई समेत उनले निर्देशन दिँदै भने, ‘उत्पादनशील क्षेत्रमा आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था छ, अब त्यो बढी भयो कि भन्ने विषय पनि छ, म त्यसलाई घटाउन आग्रह गर्छु ।’ करिब १४ मिनेट बोलेर उनी हतार भएको र वल्र्ड बैंकका प्रतिनिधिसँग बैठक भएको भन्दै कार्यक्रमबाट बाहिरिए ।

गभर्नरसँग सम्बन्ध सुध्रिएको हो ?

गभर्नर अधिकारी र अर्थमन्त्री शर्माको सम्बन्धको विषयमा विभिन्न समयमा टिकाटिप्पणी हुने गर्छन् । अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्बाट निलम्बनमा परेदेखि यी दुई जनाबीचको सम्बन्ध बिग्रिएको विषय बाहिरिएको हो ।

पछि अधिकारी सर्वोच्च अदालतको आदेशबाट पुर्नस्थापित भए । पुर्नस्थापित भएपछि पनि उनीहरुबीच बोलचाल नै थिएन । तर, पछिल्लो समय भने उनीहरुबीच सम्बन्ध सुध्रिएको होकि भन्ने अनुमान पनि गर्न सकिन्छ ।

त्यो संकेत मंगलबार भएको वार्तालापले पनि पुष्टि गर्छ । कार्यक्रम अवधिभर उनीहरु दुइजनाबीच भएको खासखुसले पनि सम्बन्ध सुध्रिएको होकि भन्ने आँकलन सबैले गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्

Share News