काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित गरिने घोषणा भएको छ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित गरिने भएको हो ।
देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याउँदै आएको योगदानको कदरस्वरुप उनी सम्मानित हुने भएका हुन् ।
निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याएका छन् । उनले उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक-हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा-पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।