काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत आउनबाट सरकारले रोकेको छ । उनकै निवासमा बाहिरबाट ताल्चा लगाई जबरालाई सर्वोच्च अदालत आउनबाट सरकारले रोकेको हो ।
शनिबार संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए । जसकारण आज बिहानबाट नै सर्वोच्च अदालत प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।