उपायको ढुवानी सेवा अब इसेवाबाटै बुक गर्न सकिने

<p>काठमाडौं । उपायकोे ढुवानी सेवाहरु अब इसेवाबाटै बुक गर्न सकिने भएको छ । जसको लागि उपाय र इसेवाले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका हुन् । उक्त सम्झौताअनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ । प्रारम्भिक चरणमा इसेवाले आफ्नो एपमा &#8216;घर सराई सेवा&#8217; समावेश गर्नेछ । [&hellip;]</p>

काठमाडौं । उपायकोे ढुवानी सेवाहरु अब इसेवाबाटै बुक गर्न सकिने भएको छ । जसको लागि उपाय र इसेवाले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका हुन् ।

उक्त सम्झौताअनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ । प्रारम्भिक चरणमा इसेवाले आफ्नो एपमा ‘घर सराई सेवा’ समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ ।

असोज महिनादेखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ ।

उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ बताए ।

यता इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले इसेवाले आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जाने बताए ।

Share News