काठमाडौं । ६४ वर्षको ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले दशैं तिहारलाई लक्षित गरी ‘क्यास सप्राइज’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले गोदरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भदौ ९ गतेदेखि लागु भएको यस योजना सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मको छुट र आकर्षक उपहारहरु पाउन सक्नेछन् ।
योजनामा फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर, टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर, सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ । त्यसेगरी, रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।
साथै, एसीमा आकर्षक छुट र नि:शुल्क एसि जडान सुविधा पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्रि डेलिभरी, फ्रि इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गर्ने जनाएको छ ।
नेपाल अधिराज्यभर गोदरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धरा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।