काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । भदौ ८ गतेदेखि लागु यो योजना सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टेलिभिजनको खरिदमा ४० हजार ४०० रुपैयँ सम्मको छुट पाउन सक्नेछन भने कर्भड टेलिभिजनको खरिदमा १४ हजार ७०० रुपैयाँको छुटका साथै १ थान टि।भी स्टिक उपहार पनि पाउन सक्नेछन । त्यस्तै, वाशिङ मेसिन खरिदमा १९ हजार ३०० रुपैयाँसम्मको छुटका साथै ६ केजीको पाउडर उपहार पनि पाउन सक्नेछन ।
यस्तै, रेफ्रिजेरेटरको खरिदमा ३५ हजा ७०० रुपैयाँसम्म, एअर कन्डिसनरको खरिदमा ३५ हजार ४०० रुपैयाँसम्मको छुटका साथै ४ हजार बराबरको निःशुल्क एसि जडान सुविधा पनि रहेको छ ।
वाटर डिस्पेन्सरको खरिदमा ४ हजार ३०० रुपैयाँसम्मको छुट, चेस्ट फ्रिजरको खरिदमा १४ हजार ७०० रुपैयाँ र साउन्ड बारको खरिदमा ६ हजार रुपैयाँसम्मको छुट रहेको छ । यसका साथै, कम्पनीले फ्रि डेलिभरी, फ्रि इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गर्ने जनाएको छ ।
नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।