काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध फुटपाथ व्यवसायीले बिहीबार आन्दोलन गरेका छन् । फुटपाथ व्यवसायीहरुले बिहीबार महानगरविरुद्ध आफुहरुलाई व्यवस्थित गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन् ।
उनीहरुले व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै प्रदर्शन गर्दै महानगर घेराउ गरेका थिए ।
फुटपाथ व्यवसायीहरुले बालेनको कामलाई आफुहरुको समर्थन रहेको तर आफुहरुलाई यसरी बेवारिसे रुपमा हटाउन नमिल्ने बताएका छन् । आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु पर्ने उनीहरुको माग छ ।