असोज १ गतेदेखि काठमाडौंको सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने

<p>काठमाडौं । असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रमा धुम्रपान गर्ने नपाइने भएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ । सूचनामा उल्लेख गरिए अनुसार नियम पालन नगरे महानगरले कारवाही [&hellip;]</p>

काठमाडौं । असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रमा धुम्रपान गर्ने नपाइने भएको छ ।

महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

सूचनामा उल्लेख गरिए अनुसार नियम पालन नगरे महानगरले कारवाही गर्ने पनि बताएको छ ।

यसअघि ललितपुर महानगरले सार्वजनिक स्थानमा धुम्रपान गर्ने निषेध गरिसकेको छ ।

Share News