काठमाडाैं । दराजकाे वार्षिक दशैं धमाका अभियान सुरु भएकाे छ । बुधबारबाट लागु हुने गरी दराजकाे वार्षिक दशैं धमाका अभियान सुरु भएकाे हाे ।
यस अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, नि:शुल्क सपिंङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजारसम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआइयु एनक्युआइ इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ ।
यस अभियानमा ग्राहकले डेबिट कार्ड मार्फत भुक्तानि गर्दा १५ प्रतिशत (अधिकतम २ हजार) र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम २५ सय) पाउन सकिनेछ । यसमा विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले छुट प्राप्त गर्न सक्ने दराजले जानकारी दिएकाे छ ।
साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् ।
यससँगै, अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम १०००) सम्मको अतिरिक्त छुट पनि पाउनेछन् ।