काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीको ब्रान्ड सोनामले चाडपर्वलाई लक्षित गर्दै छुट अफर ल्याएको छ ।
यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट दिने घोषणा गरेको छ । कम्पनीको अनुसार यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने छ । विशेष छुट सबै आउटलेटमा लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।
सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।
राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनमका शोरुम छन् । साथै, बुटवलमा यसै दशैभन्दा पहिला सोनमका शोरुम ओपन हुँदैछ ।