काठमाडौं । सर्वसाधारणले आजदेखि दशैंका लागि आवश्यक नयाँ नोट साट्न पाउने भएका छन् ।
राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गरेपछि बैंकहरुले सर्वसाधरणको लागि आजदेखि नोट सटही सुविधा प्रदान गरेको हो ।
गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् ।