चिनिया नाकाहरु दशैंअघि नै खुल्ने

<p>काठमाडौं । भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरु दशैं अगाडि नै खुल्ने बताएका छन् । मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रमा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरुसँग छलफल गरेर दशैं अगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् । उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द [&hellip;]</p>

काठमाडौं । भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरु दशैं अगाडि नै खुल्ने बताएका छन् ।

मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रमा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरुसँग छलफल गरेर दशैं अगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् ।

उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाई छ । निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाई गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए । उनले पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको बताए । उनले एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको छ ।

‘उत्तरी सीमा नाकाको विषयमा दुई पक्षबीचको बैठकमा स्वास्थ्य मापदण्डका कारण बन्द गरिएको बताएका छन् । कोभिड शुन्य नीतिमा तल माथि गर्न सक्दैनौं, चीन पक्ष नेपालको कोभिड सम्बन्धी मापदण्ड चीनको भन्दा कमजोर रहेको भन्ने रुपमा प्रस्तुत हुन्छन्, चीन पक्षले परराष्ट्र मन्त्रालय वा वाणिज्य मन्त्रालयको बैठकमा एउटै विषय उठाउने गरेका छन्, तर अहिले नेपालको स्थास्थ्य मापदण्डलाई हेरेर नाका खुला गर्ने तयारी भएको छ, दशैँ अगाडि नाका खुल्छ, पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकमार्फत हुने अवैध कारोबार बढेको छ । एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गरेको देखिएको छ ।’ उनले भने ।

त्यस्तै, नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमा नाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गरे । उनले राजश्व परामर्श समितिलाई लिखित रुपमा नै सुझाव सहित माग पेस गरेको बताए । सचिव पराजुलीले चिनियाँ नाका बन्द हुँदा नेपालीहरुको महान पर्व दशैँको लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको बताए । उनले दशैंमा पनि नाका खुला हुन नसके र सामान आउन नसके व्यापारीहरु पलायन हुने अवस्था आउनसक्ने बताए । उनले नेपाली व्यवसायीहरुले अर्बौं रुपैयाँमा खरिद गरेर ल्याएका सामानहरु उत्तरी नाका लासा, सिगासे, केरुङ र खासा लगायतका नाकाहरुमा सामानहरु राकिएको समेत बताए ।

सचिव पराजुलीले सरकारले व्यवसायीहरुलाई सहजरुपमाव्यापार गर्ने वातावरण बनाउनुपर्ने बताए ।

Share News