खानेपानी ट्याङ्की भएका क्षेत्रको जग्गामा डोजर प्रयोग गरे कारवाही हुने

<p>काठमाडाैं । काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर नलगाउन आग्रह गरेकाे छ । खानेपानी संस्था अन्तर्गतकाे आयाेजना कार्यान्वयन निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर नलगाउन आग्रह गरेकाे हाे । निर्देशनालयका आयाेजना निर्देशक तथा प्रवक्ता इन्जिनियर चन्द्रकुमार पाँ श्रेष्ठले आरुबारीमा संचालनमा [&hellip;]</p>

काठमाडाैं । काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर नलगाउन आग्रह गरेकाे छ ।

खानेपानी संस्था अन्तर्गतकाे आयाेजना कार्यान्वयन निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर नलगाउन आग्रह गरेकाे हाे ।

निर्देशनालयका आयाेजना निर्देशक तथा प्रवक्ता इन्जिनियर चन्द्रकुमार पाँ श्रेष्ठले आरुबारीमा संचालनमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की क्षेत्रमा डोजर लगाएर खन्दा खानेपानी ट्याङ्कीमा क्षति पुगेकाले यस्ताे निर्देशन जारी गरेकाे बताए ।

उनले खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका क्षेत्रमा डोजर लगाउनुभन्दा अगाडि आयोजना निर्देशनालयसँग समन्वय गर्न तथा सुरक्षाको पर्याप्त प्रबन्ध गराउनुपर्ने बताएका छन् । ‘निर्देशनालयको आग्रह विपरित डोजर लगाई खानेपानीका संरचनामा क्षति पुर्याउनेले नै क्षतिको जिम्मेवारी लिनुपर्छ र क्षतिपूर्ति समेत तिर्नुपर्ने छ, उनले भने ।

 

Share News