भाटभटेनीमा पनि पस्यो महानगर, बेसमेन्टमा रहेको संरचना खाली गर्न डोजरको प्रयोग

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट पनि खाली गर्ने भएको छ । काठमाडौं महानगरपालिका–३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना खाली गर्न सुरु गरेको हो । बेसमेन्टमा रहेको संरचना खाली गर्न महानगरले डोजर पनि साथमै लिएर गएको छ । भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट पनि खाली गर्ने भएको छ । काठमाडौं महानगरपालिका–३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना खाली गर्न सुरु गरेको हो ।

बेसमेन्टमा रहेको संरचना खाली गर्न महानगरले डोजर पनि साथमै लिएर गएको छ । भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना खाली गर्न लागेको बताइएको छ ।

पछिल्लो समय महानगर विभिन्न ठाउँमा पार्किङका लागि निर्माण भएका बेसमेन्टको अनुगमन गरिरहेको छ भने सो बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग भएको पाइमा कारवाही पसिन गर्दै आएको छ । यो सँगै अनधिकृत संरचना हटाउनमा पनि महानगर सक्रिय बनेको छ ।

Share News