अर्थले भन्यो : निगम धरासायी बन्यो, सेवासुविधा लिँदा मन्त्रालयको स्वीकृति लिनु

<p>काठमाडौं । नेपाल वायू सेवा निगमका सञ्चालक समितिका सदस्यहरुले निगमबाट सुबिधा लिँदा अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने भएको छ । अर्थमन्त्रालयले निगमलाई पत्राचार गर्दै कुनै सेवा सुविधा लिनु परेमा अर्थ मन्त्रालयकाे स्वीकृति लिनु पर्ने बताएकाे हाे । निगम निरन्तर रुपमा घाटामा गइरहेकोले सञ्चालक समितिका सदस्यहरुलाई टिकट सुविधा, यातायात सुविधा, बैठक भत्ता, सञ्चार सुविधा, औषधी उपचार बापत प्रदान [&hellip;]</p>

काठमाडौं । नेपाल वायू सेवा निगमका सञ्चालक समितिका सदस्यहरुले निगमबाट सुबिधा लिँदा अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने भएको छ । अर्थमन्त्रालयले निगमलाई पत्राचार गर्दै कुनै सेवा सुविधा लिनु परेमा अर्थ मन्त्रालयकाे स्वीकृति लिनु पर्ने बताएकाे हाे ।

निगम निरन्तर रुपमा घाटामा गइरहेकोले सञ्चालक समितिका सदस्यहरुलाई टिकट सुविधा, यातायात सुविधा, बैठक भत्ता, सञ्चार सुविधा, औषधी उपचार बापत प्रदान गर्ने सुविधाको विषयमा निर्णय गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने उक्त पत्रमा भनिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १३४ मा कार्यालयले स्वीकृत बिनियोजित बजेट बाहेक थप आर्थिक दायित्व सिर्जना हुने गरी निर्णय गर्दा वा त्यस्तो कुनै कार्य गर्नुपर्दा अर्थ मन्त्रालयको पूर्व सहमति लिनुपर्ने व्यवस्था रहेको कुरा उक्त पत्रमा उल्लेख गरिएको छ ।

 

Share News