पनौती नगरपालिकाले पनि मापदण्ड विपरितका घर टहरा हटाउने

<p>काठमाडौं । पनौती नगरपालिकाले पनि मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ । नगरपालिकाले भदौ २० गते एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । नगरपालिकाले उक्त क्षेत्रमा मापदण्ड विपरित बनेका सबै घर टहराहरु हटाउन सबैलाई सूचित गराएको छ । र, नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु बनाएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेकोले पनि [&hellip;]</p>

काठमाडौं । पनौती नगरपालिकाले पनि मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ । नगरपालिकाले भदौ २० गते एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।

नगरपालिकाले उक्त क्षेत्रमा मापदण्ड विपरित बनेका सबै घर टहराहरु हटाउन सबैलाई सूचित गराएको छ ।

र, नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु बनाएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेकोले पनि नगरपालिकाको स्वीकृत लिएर मात्र निर्माण कार्य अघि बढाउनु पर्ने जनाइएको छ ।

साथै, नगरपालिकाको निर्देशनलाई अटेर गरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गरिने बताइएको छ ।

Share News