नेपाली सेनासहित ५ वटा कलेजलाई महानगरले काट्यो पत्र, १० दिनमा कर बुझाउन निर्देशन

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । महानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै कर बुझाउन ताकेता गरेको हो । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यस वापतको कर बुझाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । महानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै कर बुझाउन ताकेता गरेको हो ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यस वापतको कर बुझाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महानगरका अनुसार सम्बन्धित वडा कार्यालयमा उनीहरुले बहाल कर बुझाउन सक्ने छन् ।

नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, वीर अस्पताल र दशरथ रंगशाला महानगरपालिकाले कर बुझाउनेको लागि पत्राचार गरेको छ ।

यस्तै, महानगरले शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, सरस्वती क्याम्पस, नेपाल कमर्स क्याम्पस र नेपाल ल क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

Share News