आइसिटी अवार्ड २०२२ को लागि ‘इकमर्श पार्टनर’ मा दराज

<p>काठमाडाैं ।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको कम्पनी दराजले सहकार्य गर्ने भएको छ । बुधबार दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, [&hellip;]</p>

काठमाडाैं ।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको कम्पनी दराजले सहकार्य गर्ने भएको छ ।

बुधबार दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इन्नोभभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ ।

दराजमा २० हजारभन्दा बढि बिक्रेताहरु समावेश भएका छन ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्डको सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ ९२३ डिसेम्बर, २०२२० गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।

Share News