युनाइटेड सिमेन्ट्सले वडा कार्यालयलाई गर्यो कम्प्युटर र सिलाई मेसिन सहयोग

<p>काठमाडौं । युनाइटेड सिमेन्ट्सले धुनिबेसी ९ को वडा कार्यालयलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडा कार्यलयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि सहयोग गरेको हो । कम्पनीले बुधबारका दिन एक कार्यक्रम गरी वडा कार्यलयलाई सामाग्री हस्तान्तरण गरेको छ ।कार्यक्रममा धुनिबेसी नगरपालिका उप(प्रमुख [&hellip;]</p>

काठमाडौं । युनाइटेड सिमेन्ट्सले धुनिबेसी ९ को वडा कार्यालयलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडा कार्यलयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि सहयोग गरेको हो ।

कम्पनीले बुधबारका दिन एक कार्यक्रम गरी वडा कार्यलयलाई सामाग्री हस्तान्तरण गरेको छ ।कार्यक्रममा धुनिबेसी नगरपालिका उप(प्रमुख सुरज उप्रेती, वडा न। ९ का अधक्ष माधव प्रसाद सिलवाल, भूपु वडा अध्यक्ष साहिला राईका साथै विभिन्न संगसंस्थाका व्यक्तिहरु उपस्थित थिए ।

सामाग्री हस्तानतरण गर्दै युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले कुनै पनि स्थानमा उद्योग स्थापना गरेपछि त्यहाँको समाजसँग हातेमालो गर्दै अगाडी बढ्नुपर्ने हरेक संस्थाको प्रमुख दायित्व हुने बताएका थिए ।

कम्पनीले यसअघि सोही वडाको रहोबरमा परिचालन हुने गरी एम्बुलेन्स हस्तान्तरण तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति जग्गा पनि उपलब्ध गराएको थियो । 

Share News