विदेशी संस्थालाई पुँजीबजारमा लगानी गर्न दिनुपर्छ : युवराज खतिवडा

<p>काठमाडाैं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी संस्थालाई पुँजीबजारमा लगानी गर्न दिनुपर्ने बताएका छन् । बुधबार काठमाडाैंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रम खतिवडाले यस्ताे बताएका हुन् । खतिवडाले आन्तरिक बचत न्यून हुँदा वित्तीय श्रोतको अभाव भएकाले विदेशी लगानीकर्तामार्फत पुँजीबजारमा लगानी ल्याउनु पर्ने बताए । ‘साना आयोजनाका लागि पैसा समस्या नभए पनि ठुला परियोजना विदेशी लगानी ल्याउँदा ब्याजदरमा [&hellip;]</p>

काठमाडाैं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी संस्थालाई पुँजीबजारमा लगानी गर्न दिनुपर्ने बताएका छन् । बुधबार काठमाडाैंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रम खतिवडाले यस्ताे बताएका हुन् ।

खतिवडाले आन्तरिक बचत न्यून हुँदा वित्तीय श्रोतको अभाव भएकाले विदेशी लगानीकर्तामार्फत पुँजीबजारमा लगानी ल्याउनु पर्ने बताए ।

‘साना आयोजनाका लागि पैसा समस्या नभए पनि ठुला परियोजना विदेशी लगानी ल्याउँदा ब्याजदरमा हुने उतारचढाव र सटही दरको जोखिम हुन्छ, त्यसैले पुर्वाधारका क्षेत्रमा ॠणभन्दा पनि पुँजी लगानी ल्याउन सक्दा दिगो पुर्वाधार विकासमा योगदान दिन सक्छ,’ उनले भने ।

 

Share News