काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गते फिलिपिन्स जाने भएका छन् । असोज १० गतेदेखि १४ गतेसम्म हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं वार्षिक बैठकमा सहभागी हुने अर्थमन्त्री शर्मा फिलिपिन्स जान लागेका हुन् ।
गत भदौं २१ गते बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्विकृति प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनएकीकरण सम्बन्धि आयोजना संचालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।