पठाओ दशैं महोत्सव : राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

<p>काठमाडौं । पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका पाउनेछन् । &#8216;पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हो,&#8217; पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले भनिन् । [&hellip;]</p>

काठमाडौं । पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका पाउनेछन् ।

‘पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हो,’ पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले भनिन् ।

दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्ने उनले जानकारी दिइन् ।

उनकाे अनुसर राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनौट गरी बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने छ ।

कम्पनीकाे अनुसार तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन् । दशैँ महोत्सवको अवधिभरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिने कम्पनीले जानकारी दिएकाे छ ।

Share News