काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालबाट पाँच वर्षपछि २ खर्बको विद्युत निर्यात हुने बताएका छन् । शुक्रबार काठमाडौंमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सन्देशमुलक सुचनाबाट विद्युत खपत बढाउने बताए । ‘६ वर्ष अघि विद्यालयमा विद्युत खपत कम गर्न भन्दै जानू पर्ने बाध्यता थियो, तर सोही विद्यालयमा अब खपत गर्नु पर्यो भनेर जानुपर्ने बाध्यता आएको छ, ५ वर्षपछि २ खर्ब बढी को विद्युत निर्यात गर्छौ,’ उनले भने ।
उनले हाल ट्रान्समिसनको लाइनको काम अघि बढिरहेको जानकारी दिए । घिसिङ हजारौं मेगावाट बिजुलीको खपत स्वदेशमा गर्न सकिने बताउँछन् । दुधकोशी, अरुण ३, बुढीगण्डकी निर्माण कार्य तीव्र भइरहेको जानकारी दिँदै उनले सबैलाई घरका सबै सामाग्री र यातायातका साधन विद्युतिय प्रयोग गर्न आग्रह गरेका छन् ।
‘ग्रीन हाइड्रोजन, रासायनिक मल, लगायत नेपालले निर्यात गर्न सक्छ, अब विश्वको उर्जाको स्रोत नेपालको पानी हुन्छ,’ उनले भने ।