विद्युत प्राधिकरणको एप सार्वजनिक, ५ वटा मिटरको बिल एकैपटक तिर्न सकिने

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्तामैत्री एप सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै प्राधिकरणले आफै बिजुलीको बिल तिर्न सकिने एप सार्वजनक गरेको छ । उक्त एपमार्फत बिजुलीको बिल तिर्नको लागि मिटर नम्बर, ग्राहक नम्बर र ठेगाना पनि राख्नु पर्ने छ । यस्तै, एपबाट पाँच जनाको मिटर जोडेर पनि बिल तिर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्तामैत्री एप सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै प्राधिकरणले आफै बिजुलीको बिल तिर्न सकिने एप सार्वजनक गरेको छ ।

उक्त एपमार्फत बिजुलीको बिल तिर्नको लागि मिटर नम्बर, ग्राहक नम्बर र ठेगाना पनि राख्नु पर्ने छ । यस्तै, एपबाट पाँच जनाको मिटर जोडेर पनि बिल तिर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको अनुसार एपमा आफुले तिरेको बिल, जरिवाना र उपयोग गरेको बिजुलीको रेकर्ड हेर्न सकिनुको साथै एपबाट गुनासो पनि गर्न पाइने छ ।

यति मात्र नभएर एपबाट विद्युतिय गाडीको लागि नजिकैको चार्जिङ स्टेशन पनि हेर्न सकिने  प्राधिकरणले जनाएको छ ।

Share News