काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध हुन्डीको कारोबार गर्ने भारतीय नागरिक राजु अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
उनले नरदेवी जय श्री खाटु इन्टरनेशनलको नाममा व्यवसाय गर्ने भनी ७४ लाख रुपैयाँ हुण्डी कारोबार मार्फत आएको पाएपछि विभागले उनीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।भारतको राजस्थानको सिक्कर जिल्ला देवथलका अग्रवाल हाल काठमाडौंको बिजुलीबजारमा बस्दै आएका थिए ।
विभागको अनुसार उनीविरुद्ध ७४ लाख बिगो र सोही बराबर जरिवाना माग दाबी गरिएको छ ।