सरकारले साना उद्योगका लागि प्रविधी विकास गर्न आविष्कार केन्द्रलाई ४० लाख दिने

<p>काठमाडाैं । लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्दबीच १२ बुँदै सम्झाैता भएकाे छ । शुक्रबार उद्याेगमन्त्री दिलेन्द्र प्रसाद बडुकाे उपस्थितीमा लघु, घरेलु तथा साना उद्योगको लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि सहयोग आदान प्रदान गर्ने उनीहरुबीच सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रले प्रविधिको [&hellip;]</p>

काठमाडाैं । लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्दबीच १२ बुँदै सम्झाैता भएकाे छ ।

शुक्रबार उद्याेगमन्त्री दिलेन्द्र प्रसाद बडुकाे उपस्थितीमा लघु, घरेलु तथा साना उद्योगको लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि सहयोग आदान प्रदान गर्ने उनीहरुबीच सम्झाैता भएकाे हाे ।

सम्झाैता अनुसार लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान तथा विकासका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ । जसअनुरुप आविष्कार केन्द्रले अध्ययन, अनुसन्धान र विकासको प्रगति नियमित रुपमा साना उद्योग प्रर्वद्धन केन्द्रलाई जानकारी गराउनेछ ।

यस्ताे छ सम्झाैता 

१। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रले संयुक्त प्रयासमा लघु, घरेलु तथा साना उद्योगको लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको क्षेत्रमा सहयोग आदान प्रदान गर्नेछन् ।

२। दुवै पक्षले प्रविधिको अध्ययन, अनुसन्धान र विकास गर्ने सन्दर्भमा सूचना, प्राविधिक सहयोग र विज्ञताको आदान प्रदान गर्नेछन् ।

३। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रबाट प्रविधिको अध्ययन, अनुसन्धान तथा नवप्रवर्तन र विकासका लागि प्रोत्साहन गर्न यस आ.व.०७९/८० मा राष्ट्रिय आविष्कार केन्द्रलाई चालिस लाख रुपैया सम्झौता बमोजिम खर्च हुने गरी अनुदान रकम उपलब्ध गराईनेछ ।

४. राष्ट्रिय आविष्कार केन्द्रले प्रविधिको अध्ययन, अनुसन्धान र विकासको प्रगति नियमित रुपमा लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रलाई जानकारी गराउनेछ ।

५. राष्टिय आविष्कार केन्द्रबाट विकास भएको प्रविधिको गुणस्तर परीक्षण, बजारीकरण र प्रदर्शन गर्न दबै पक्ष आवश्यक समन्वय र सहयोग गर्नेछन् ।

६. राष्ट्रिय आविष्कार केन्द्रबाट विकास हुने प्रविधिको प्रचारप्रसार र उपयोगको सम्बन्धमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, प्रर्दशनी जस्ता प्रवर्द्धनात्मक कार्यक्रम संयुक्त रुपमा गरिनेछ ।

७. नेपालमा स्थापित लघु, घरेलु तथा साना उद्योगलाई राष्ट्रिय आविष्कार केन्द्रबाट विकास हुने प्रविधि प्रयोग गर्न संयुक्त रुपमा प्रयास गरिनेछ ।

८. लघ, घरेलु तथा साना उद्योगलाई आवश्यक पर्ने यस्ता प्रविधिको अध्ययन, अनुसन्धान तथा आविष्कार गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ ।

९. नेपालमा परम्परागत रुपमा प्रयोग हुँदै आएका रैथाने प्रविधिहरुको पहिचान, अभिलेखीकरण र अद्यावधिक तथा परिमार्जन गर्न सहकार्य गरिनेछ ।

१०. राष्टिय आविष्कार केन्द्रले प्रविधि विकासको क्षेत्रमा नीति निर्माण कार्यमा पृष्ठपोषण उपलब्ध गराउन सक्नेछ ।

११. यो समझदारी पत्र २०८० साल असार मसान्तसम्म बहाल रहनेछ । दुवै पक्षको आपसी सहमतिमा यो समझदारी पत्रको अवधि थप गर्न सकिनेछ ।

१२. यस समझदारी पत्रमा उल्लेख गरिएका बुँदाहरुको तदारुकताका साथ कार्यान्वयन गर्न गराउन दवै पक्षको एकरएक जना सम्पर्क व्यक्ति तोकिनेछ ।

 

Share News