काठमाडौं । सभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङर उनका परिवारका सदस्यविरुद्द साढे ४ अर्ब रुपैयाँ ठगी सम्बन्धि मुदद दायर भएको छ । बिहीबार तामाङ र उनका परिवारविरुद्द सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानूनी सम्पत्ति तथा ठगीसम्बन्धी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तामाङ विरुद्द ३ अर्ब ३१ करोड रुपैयाँ, उनकी श्रीमती सिर्जना शाक्य विरुद्द १ अर्ब ३ करोड र छोरीहरु प्रतिक्षाविरुद्ध ६ करोड ६६ लाख र प्रतिशाविरुद्ध १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति गैरकानूनी ढंगले आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो ।
तामाङ परिवारका सदस्यविरुद्धको कुल बिगो रकम ४ अर्ब ४२ करोड २२ लाख हुन आउँछ । यस्तै सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ विरुद्ध २६ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
सीआईबीले दुई महिना लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सिभिल सहकारीका निक्षेपकर्ताको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा सीआईबीले २०७८ साल असोज महिनामा तामाङलाई पक्राउ गरेको थियो ।
बिगत ३ वर्ष देखी आफुले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाई १५३० जना पीडितहरुले यस कार्यालयमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिई सोही जाहेरी दरखास्तको आधारमा अनुसन्धान सम्पन्न भई गत मंसिर १७ गतेमा उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ् सहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा तामाङ् र केशवलाल श्रेष्ठ पुपक्ष्र्याका लागि कारागारमा थुनामा छन् । तामाङकी श्रीमति सिर्जना शाक्य तामाङलाई पनि प्रहरीले गत साउन ३ गते पक्राउ गरेको थियो ।