काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा करछलीका ठूला मुद्दाका फैसला भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले यस्तो बताएका हुन् ।
उनले आफ्नो कार्यकालमा एनसेल, भाटभटेनीलगायतका ठूला करछलीका मुद्दामा फैसलाका साथै अर्बौंको करको सरकारीकरणसमेत भएको बताए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको बृहत् पूर्ण इजलासको फैसलाअनुसार ठूला करदाता कार्यालयले एनसेलको कर निर्धारण गरेको थियो ।