बेको इलेक्ट्रोनिक्सले ल्यायो दशैं तिहार उपहार योजना

<p>काठमाडाैं । युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले दशैं तिहारलाई लक्षित गर्दै &#8216;बेको सँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार&#8217; नामक योजना ल्याएकाे छ । कम्पनीले ल्याएको यस योजना भदौ १० गतेबाट लागु भइसकेको छ । यस योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र [&hellip;]</p>

काठमाडाैं । युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले दशैं तिहारलाई लक्षित गर्दै ‘बेको सँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना ल्याएकाे छ । कम्पनीले ल्याएको यस योजना भदौ १० गतेबाट लागु भइसकेको छ ।

यस योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर पाईनेछ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईनेछ ।

साथै, बेको को रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा ४ हजार बराबरको फ्री इन्स्टलेसन पाईनेछ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीको सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा र भरतपुरमा रहेको छ ।

Share News