अवस्था ठिक नभएका सवारीसाधनलाई कारबाही गरिने

<p>काठमाडौं । ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले बुधबारमात्रै अवस्था ठिक नभएका २६ सवारी साधनका चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंको कीर्तिपुरस्थित टियु गेट नजिकै बुधबार बिहान प्राविधिक टोलीसहित २६ जना चालकलाई कारबाही गरेको हो । चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक [&hellip;]</p>

काठमाडौं । ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले बुधबारमात्रै अवस्था ठिक नभएका २६ सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले काठमाडौंको कीर्तिपुरस्थित टियु गेट नजिकै बुधबार बिहान प्राविधिक टोलीसहित २६ जना चालकलाई कारबाही गरेको हो ।

चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारवाही गरेको छ । यस्तै, हेड लाईट ठिक नभएको एउटा र अवस्था ठिक नभएको ५ ओटा टाटा सुमोका चालकलाई कारबाहीमा परेका छन् ।

यस्तै, चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ती ठिक नभएको ८ ओटा पानी ट्याङकर र अन्य टाटा र डिआई गाडीका ८ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तिव्रता दिईएको उनले बताए ।

आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठिक नभएको सवारी साधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन् ।

Share News