सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

<p>काठमाडौं । काठमाडौंका मेयर बालेन शाह विरुद्ध अदालतको अपहेलना गरेको विषयमा परेको मुद्दामा सर्वोच्चले लिखित रुपमा जवाफको माग गरेको छ । मेयर शाह विरुद्ध परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले उनीसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो । अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्धमा सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा हालेका थिए । सोमबार सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल [&hellip;]</p>

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह विरुद्ध अदालतको अपहेलना गरेको विषयमा परेको मुद्दामा सर्वोच्चले लिखित रुपमा जवाफको माग गरेको छ । मेयर शाह विरुद्ध परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले उनीसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो ।

अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्धमा सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा हालेका थिए । सोमबार सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै मेयर शाहसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेशलाई संकेत गर्दै मेयर शाहले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी सार्वजनिक रुपमा प्रतिक्रिया दिएका थिए ।

Share News