निक्षेप सुरक्षणको दायरा अब ५ लाख हुने

<p>काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणको सिमालाई बढाएर ५ लाख पुर्याएको छ । सोमबार अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी २ लाखको सिमालाई बढाएर ५ लाख पुर्याएको हो । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा १९ को उपदफा १ मा विगतमा कोषले सुरक्षित संस्थामा खोलिएको प्रत्येक व्यक्तिको निक्षेप खातामा रहेको [&hellip;]</p>

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणको सिमालाई बढाएर ५ लाख पुर्याएको छ । सोमबार अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी २ लाखको सिमालाई बढाएर ५ लाख पुर्याएको हो ।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा १९ को उपदफा १ मा विगतमा कोषले सुरक्षित संस्थामा खोलिएको प्रत्येक व्यक्तिको निक्षेप खातामा रहेको २ लाख सम्मको निक्षेपलाई सुरक्षण गर्ने व्यवस्था रहेको थियो । सोही व्यवस्थालाई संसोधन गरी ५ लाख पुर्याइएको विषय मन्त्रालयद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

Share News