काठमाडौं । सिरक बनाउने भारतीय व्यापारीमाथि ३४ लाखको मुद्दा परेको छ । भारत घर भई हाल बुटवलमा रौनक डसना सिरक पसलका प्रोपराइटर फिरोज अहमद र वसिर मियामाथि ३४ लाखको मुद्दा परेको हो ।
अहमद र मियामाथि राजस्व अनुसन्धान विभागका कार्यलय बुटवलले राजस्व चुहावट गरेको भन्दै उच्च अदालत तुलसीपुरमा आइतबार मुद्धा दायर गरेको हो ।
उनीहरुले सम्पुर्ण कारोबारको विवरण पेश नगरी ठूलो विवरणको रकम लुकाई राजस्व छली गरेको पाइएको हो । उनीहरुलाई हदैसम्मको कैद र ३४ लाख जरिवाना माग गरिएको छ ।